नियम
बृहत् ग्राहक पहिचान
(१) सूचक संस्थाले उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत ग्राहक पहिचान गर्दा कम्तीमा देहाय बमोजिमका उपाय अवलम्बन गर्नु पर्नेछः–
(क) आर्थिक वा कानूनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रवृत्तिको कारोबारको उद्देश्य र पृष्ठभूमि परीक्षण गर्ने,
(ख) ग्राहकको कारोबारको पृष्ठभूमि र उद्देश्यको कारणको पहिचान गर्न सम्भव उपाय अवलम्बन गर्ने,
(ग) ग्राहक वा कारोबार उपरको नियन्त्रण तथा निरन्तर अनुगमन गरी त्यस्तो ग्राहक वा कारोबार अस्वाभाविक वा शड्ढास्पद भए नभएको यकिन गर्ने वा थप अनुगमन वा परीक्षण गर्नु पर्ने कारोबारको पहिचान गर्ने,
(घ) ग्राहक, वास्तविक धनी र सम्बद्ध व्यक्तिको सम्बन्धमा थप विवरण लिने वा सड्ढलन गर्ने,
(ङ) ग्राहकसँगको व्यवसायिक सम्बन्ध, कारोबार र त्यसको प्रकृति र उद्देश्यका सम्बन्धमा थप विवरण लिने वा सड्ढलन गर्ने,
(च) ग्राहकसँगको सम्बन्ध शुरु गर्ने वा निरन्तरता दिने नदिने सम्बन्धमा उच्च व्यवस्थापनको स्वीकृति लिने,
(छ) कारोबारको सीमा तोक्ने,
(ज) प्राप्त कागजातको परीक्षण वा जा“चबुझ गर्न अन्य उपाय अवलम्बन गर्ने,
(झ) पहिलो भुक्तानी बृहत ग्राहक पहिचान गरिएको खाता मार्फत मात्र गर्ने,
(ञ) ग्राहकस“ग सम्बन्धित विवरण अद्यावधिक गरिरहने,
(ट) कोष वा सम्पत्तिको स्रोत पहिचान गर्न आवश्यक उपाय अवलम्बन गर्ने,
(ठ) अनुगमनको निष्कर्षको अभिलेख राखी लेखापरीक्षण लगायत अन्य सक्षम अधिकारीले मागेमा उपलब्ध गराउने,
(ड) खण्ड (क) देखि (ठ) मा उल्लिखित कुराका अतिरिक्त अन्य उपयुक्त उपाय अवलम्बन गर्ने ।
(२) उच्च जोखिममा रहेका ग्राहकको कारोबारको हरेक चरणमा बृहत् ग्राहक पहिचान गर्नु पर्नेछ ।
(३) उच्च जोखिम देखिएको ग्राहकस“ग व्यवसायिक सम्बन्ध कायम गर्न वा कारोबारको निरन्तरता दिन व्यवस्थापकीय तहको स्वीकृति आवश्यक हुनेछ ।