नियम ४८
बेतलवी बिदा
(१) ऐनको दफा ५९ को उपदफा (२) बमोजिमको बेतलवी बिदा माग गर्ने कर्मचारीले आफ्नो पति वा पत्नी विदेश स्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएको प्रमाण सहित निवेदन दिनु पर्नेछ ।
(२) कर्मचारीले उपनियम (१) बमोजिमको बिदा एकै पटक वा पटक पटक गरी बढीमा पाँच वर्ष सम्म पाउनेछ ।
(३) यस नियम बमोजिमको बिदा समितिबाट स्वीकृत हुनु पर्नेछ ।