दफा ११७
बेरीतको म्याद बदर हुने

(१) यस परिच्छेद बमोजिमको कार्यविधि पूरा गरी म्याद तामेल नभएको वा म्याद नै तामेल नगरेको सम्बन्धमा मुद्दाकिनाराहुनु अघि जहिले सुकै पनि मुद्दाको पक्षले अदालतमा निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको निवेदनको व्यहोरा मनासिब रहेको अदालतबाट ठहर भएमा बेरीतसँग तामेल भएको म्याद बदर गरीपुनः म्याद तामेल गर्न वा सम्बन्धित पक्षलाई म्याद बुझिलिन अदालतले आदेश दिन सक्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस परिच्छेद बमोजिम तामेल गरी ल्याएको म्याद अदालतलेजाँच्दारीत नपुर्याई तामेल गरी ल्याएको देखिएमा त्यस्तो म्याद बदर गरी पुनः रीत पुर्याई तामेल गर्न लगाउनु पर्नेछ ।