नियम १३
बेवारिसे तथा असहाय ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्नेः
(१) ऐनको दफा २१ बमोजिम बेवारिसे अवस्थामा फेला
परेको वा असहाय ज्येष्ठ नागरिकलाई स्थानीय तहले
स्थानीय ज्येष्ठ नागरिक समितिको समन्वयमा नेपाल
सरकार, प्रदेश सरकार वा स्थानीय तहद्वारा सञ्चालित
हेरचाह केन्द्र वा सेवा केन्द्र भए.सो केन्द्रमा र नभए निजी
वा गैर सरकारी क्षेत्रबाट सञ्चालित हेरचाह केन्द्रमा राख्ने
व्यवस्था मिलाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम हेरचाह केन्द्र वा सेवा केन्द्रमा राखिएको बेवारिसे ज्येष्ठ नागरिकको परिवारको सदस्य फेला परेमा त्यस्तो ज्येष्ठ नागरिकलाई निजको परिवारको जिम्मा लगाउनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम हेरचाह केन्द्र वा सेवा केन्द्रमा राखिएका ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाहको सम्बन्धमा त्यस्तो हेरचाह केन्द्र वा सेवा केन्द्रले ऐनको दफा ५ वा ८क. बमोजिम आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय तहमा लेखी पठाउनु पर्नेछ।
(४) असहाय ज्येष्ठ नागरिकले समय समयमा नेपाल सरकारले तोके बमोजिमको भत्ता वा सुविधा पाउन सक्नेछन्।