दफा ३१
बैंक तथा वित्तीय संस्थाले रकम तिर्नुपर्ने
(१) यस ऐन बमोजिम ऋण असुली भई सकेपछि असुली भएको ऋण रकमको १ प्रतिशत रकम ऋण असुली शुल्क बापत सम्वन्धित बैंक वा वित्तीय संस्थाले न्यायाधिकरणलाई तिर्नु पर्नेछ । यसरी बैंक तथा वित्तीय संस्थाले ऋण असुली शुल्क तिर्दा निजले दफा १५ को उपदफा (२) बमोजिम बुझाएको रकम कटाई बाँकी रकम मात्र तिर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दाखिला हुन आएको रकम न्यायाधिकरणले नेपाल सरकारले तोकेबमोजिम सञ्चित खातामा दाखिला गर्नु पर्नेछ ।