दफा १२
बैंक प्रत्याभूति
: (१) प्राथमिक अन्वेषण अवधिको हकमा सम्झौता भएको मितिले तीस दिनभित्र र थप अन्वेषण अवधिहरुको हकमा त्यस्तो अवधि थपका लागि दिएको निवेदनसाथ ठेकेदारले नेपाल सरकारलाई मान्य हुने संस्थाबाट मान्य हुने ढाँचामा सम्बन्धित अन्वेषण अवधिको कार्य दायित्वको लागि तोकिएको जम्मा डलर बराबरको बैंक प्रत्याभूति उपलब्ध गराउनेछ । प्रष्ट छुटिन सकिने प्रत्येक कामको निमित्त लाग्ने खर्च बैंक प्रत्याभूतिमा प्रष्ट रूपले छुट्याइएको हुनु पर्नेछ ।
(२) कार्य दायित्वमध्ये प्रष्टरूपले छुटिन सकिने कार्य सम्पन्न भएपछि त्यस्तो कार्यको निमित्त बैंक प्रत्याभूतिमा छुट्याइएको रकमको अनुपातमा बैंक प्रत्याभूति समय समयमा घटाउँदै लगिनेछ ।
(३) प्राथमिक अन्वेषण अवधिको वा त्यसमा थपिएको अवधिको अन्त्यमा वा यो सम्झौता रद्द भएको मितिसम्म ठेकेदारले पूरा गर्नुपर्ने कार्य दायित्वमध्ये सबै वा केही कार्य पूरा गरेको रहेनछ भने त्यस्तो कार्यको निमित्त चालू बैंक प्रत्याभूतिमा छुट्याइएको सम्पूर्ण रकम ठेकेदार वा प्रत्याभूति दिनेले विभागलाई तुरुन्त भुक्तानी गर्नु पर्नेछ ।