दफा ३१
बैंक वा वित्तीय संस्था बाहेक अन्य कसैले बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न नपाउने
(१) दफा ३४ बमोजिम बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गर्ने बैंक वा वित्तीय संस्था बाहेक अन्य कसैले पनि यस ऐन बमोजिमको बैकिङ्क तथा वित्तीय कारोबार गर्न पाउने छैन । (२) राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी इजाजत नीति तर्जुमा गरी लागु गर्नेछ ।