दफा २०
बैङ्क जमानत फुकुवा गर्ने
(१) ऐनको दफा १४ बमोजिम बैड् जमानत फुकुवा गर्दा सम्बन्धित भन्सार कार्यालयले नियम १९ बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गरी निवेदकले सो नियममा उल्लेख भएका सम्पूर्ण शर्त र प्रक्रिया पूरा गरेको देखिएमा एक महिनाभित्र बैङ्क जमानत फुकुवा गर्नु पर्नेछ।
(२) बण्डेड वेयरहाउसको सुविधा लिई पैठारी गरेको वस्तु वा निकासी भएको वस्तुमा आंशिक रूपमा प्रयोग भएको वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री भएको वस्तुमा आंशिक रूपमा प्रयोग भएको वा करमुक्त पसलबाट निर्धारित अवधिभित्र आंशिक रूपमा बिक्री भएको वा नियम १६ को उपनियम (१) बमोजिम पैठारी भएको धागो निकासीमूलक तयारी कपडा उद्योगलाई बिक्री गरेको कपडामा आंशिक रूपमा प्रयोग भएको वा निकासीमूलक तयारी कपडा उद्योगले त्यसरी स्थानीय रूपमा खरिद गरेको कपडा निकासी भएको तयारी कपडामा आंशिक रूपमा मात्र प्रयोग गरेको पाइएमा त्यसरी प्रयोग भए जति वस्तुमा लाग्ने महसुल बापतको बैङ्क जमानत फुकुवा गरिदिनु पर्नेछ।