दफा १९
बैङ्क जमानत फुकुवाका लागि निवेदन दिनु पर्ने
(१) बण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले नियम १७ को अवधिभित्र वा नियम १८ बमोजिम अवधि थप भएकोमा सो अवधिभित्र आफूले राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि देहायका कागजात संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ:-

(क) नियम १६ बमोजिम वस्तु पैठारी गरेको प्रमाण,

(ख) तयारी वस्तु निकासी गरेको प्रमाण,

(ग) सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण,

(घ) सम्बन्धित निकायबाट : प्रमाणित कच्चापदार्थको खपतः अनुपातको प्रमाण ।

(२) करमुक्त पसलबाट बिक्री गर्न वस्तु पैठारी गर्ने व्यक्तिले पैठारी गरेको वस्तु नियम १७ को उपनियम (५) बमोजिमको अवधिभित्र वा नियम १८ बमोजिम अवधि थप भएकोमा सो अवधिभित्र करमुक्त . पसलबाट बिक्री गरेको प्रमाण संलग्न गरी आफूले. राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।

(३) नियम १६को उपनियम (१) बमोजिम बैङ्क जमानतमा धागो पैठारी/गर्ने उद्योगले त्यस्तो धागोबाट कपडा बनाई धागो पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक उद्योगलाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी बिक्री गरेको प्रमाण, त्यस्तो कपडा खरिद गर्ने तयारी पोशाक उद्योग र धागो पैठारी गर्ने कपडा उद्योगबीच भएको खरिद बिक्री सम्झौता, - सम्बन्धित निकायबाट प्रमाणित भएको धागोको खपत अनुपातको प्रमाण र कपडा खरिद गर्ने तयारी पोशाक उच्चयोगको अनुरोधमा जारी गरिएको धागो पैठारी गर्दा लाग्रेको महसुल बापतको बैङ्क जमानत संलग्न गरी आफूले राखेको बै्ढ जमानत फुकुवा गर्नको लागि बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि धागो पैठारी गर्ने उद्योगले सो धागोबाट कपडा बनाई तयारी पोशाक उद्योगलाई बिक्री गरेपछि पनि आफूले राखेको बैङ्क जमानत फुकुवा नगराई त्यस्तो तयारी पोशाक उद्योगले तयारी पोशाक निकासी गरेपछि मात्र बैद्ब जमानत फुकुवा गराउन चाहेमा उपनियम (३) बमोजिमका कागजातको अतिरिक्त कपडा खरिद गर्ने तयारी पोशाक उच्योगले सो कपडाबाट तयारी पोशाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको _ खपत . अनुपातको प्रमाण र सम्बन्धित बैङ्कले प्रमाणित गरेको निकासी गर्ने उद्योगले विदेशी मुद्रा आर्जन गरेको प्रमाण संलग्न गरी धागो पैठारी गरेको मितिले बाइस महिनाभित्रै बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।

(५) नियम ८१६ को उपनियम (१) बमोजिम बैङ्क जमानतमा धागो पैठारी गर्ने उद्योगबाट कपडा खरिद गर्ने निकासीमूलक तयारी पोशाक उद्योगले उपनियम (४) बमोजिम धागो पैठारी गर्ने उद्योगले राखेको बैङ्क जमानत फुकुवा गर्न भन्सार कार्यालयमा पेस गरेको बैङ्क जमानत फुकुवा गर्नको लागि धांगो पैठारी गर्ने कपडा उद्योगबाट खरिद गरेको कपडाबाट खरिद गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक बनाई न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित बैङ्कबाट प्रमाणित गरेको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कपडाको खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।

(६) नियम १६ को उपनियम (४) बमोजिम वस्तु पैठारी गर्दा राखेको बैङ्क जमानत फुकुवा गर्नको लागि नियम १७ को उपनियम (५) बमोजिमको अवधिभित्र वा नियम १८ बमोजिम अवधि थप भएकोमा सो अवधिभित्र न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि गरी निकासी गरेको प्रमाण, सम्बन्धित बैड्डबाट प्रमाणित गरेको मूल्य अभिवृद्धि गरेको मूल्य बराबरको विदेशी मुद्रा आर्जन गरेको प्रमाण र सम्बन्धित निकायबाट प्रमाणित भएको कच्चापदार्थको: खपत अनुपातको प्रमाण संलग्न गरी बैङ्क जमानत राखेको भन्सार कार्यालयमा निवेदन दिनु पर्नेछ।