दफा १६
बैङ्क जमानत सुविधा प्राप्त गर्ने
(१) ऐनको दफा १४ बमोजिम भन्सार सम्बन्धी प्रचलित कानून बमोजिम बण्डेड.वेयरहाउसको इजाजत प्राप्त व्यक्तिले निकासी गर्ने वा स्वदेशमा परिवर्त्य विदेशी मुद्रामा बिक्री गर्ने वस्तु उत्पादन गर्नु आवश्यक पर्ने कच्चापदार्थ पैठारी गर्न वा नेपालका कपडा उद्योगले उत्पादन गर्ने कपडा निकासीमूलक तयारी पोशाक उच्चोगलाई बिक्री गर्ने भएमा सो कपडा उत्पादनका लागि आवश्यक पर्ने धागो पैठारी गर्दा कपडा उद्योग सङ्घको सिफारिसमा सो धागोमा लाग्ने महसुल बराबरको रकमको कम्तीमा एक वर्ष अवधि भएको बैङ्क जमानत संलग्न गरी त्यस्तो कच्चापदार्थ वा धागो पैठारी गर्नको लागि भन्सार कार्यालयमा निवेदन दिएमा भन्सार अधिकृतले त्यस्तो कच्चा पदार्थ वा धागो पैठारी गर्न अनुमति दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम बैङ्क जमानत दिँदा पैठारी गरिने वस्तुमा लाग्ने महसुल र सोको पन्ध्र प्रतिशतले हुने थप रकम बराबरको बैङ्क जमानत दिनु पर्नेछ।

(३) करमुक्त पसल सञ्चालन गर्न स्वीकृति प्राप्त व्यक्तिले: त्यस्तो करमुक्त पसलबाट बिक्री गर्नको लागि पैठारी गर्ने वस्तुमा लाग्ने महसुल बराबरको रकमको बैङ्क जमानत राखी _ पैठारी गर्न पाउनेछ। त्यसरी वस्तु पैठारी गर्दा विभागबाट त्यस्तो वस्तु र परिमाणको स्वीकृति लिनु पर्नेछ।

(४) प्रचलित कानून बमोजिम बण्डेड वेयरहाउसको इजाजतपत्र प्राप्त उद्योगले आफ्नो उत्पादन खरिद गर्ने विदेशी क्रेतासँग गरेको सम्झौता अनुसार नेपाल सरकारको वाणिज्य सम्बन्धी विषय हेर्ने विभागको सिफारिसमा बाई: ब्याक सम्झौता अन्तर्गत प्रतीतपत्र बिना विदेशस्थित क्रेताले बिना मूल्य पठाएको कच्चापदार्थ पैठारी गरी सोबाटः तयारी वस्तु बनाई उत्पादन प्रक्रियामा लागेको खर्च र मुनाफा मात्र भुक्तानी लिने गरी सोही क्रेतालाई वा (नेपाल सरकारको वाणिज्य सम्बन्धी विषय हेर्ने विभागको सिफारिस बमोजिम अन्य व्यक्तिलाई निकासी गर्ने भएमा त्यस्तो कच्चापदार्थ पैठारी गर्दा लाग्ने महसुल बापतको रकम बराबरको बैङ्क जमानत दिई पैठारी गर्न पाउनेछ।

(५) उपनियम (४): बमोजिम वस्तु पैठारी गर्दा पैठारीकर्ताले पैठारीकै अवस्थामा नेपाल सरकारको वाणिज्य सम्बन्धी विषय हेर्ने विभागले तोकेको शर्त र प्रक्रिया पूरा गरी प्रतीतपत्र बिना पैठारी गर्न दिन सो विभागले भन्सार कार्यालयका नाममा (दिएको सिफारिसपत्र, विदेशी क्रेतासँग गरेको सम्झौता र्‌ बिना मूल्यको तर भन्सार प्रयोजनका लागि मूल्य खुलाइएको बीजक समेत प्रज्ञापनपत्रसाथ संलग्न गर्नु पर्नेछ।

(६) यसं नियम बमोजिम बैङ्क जमानत दिँदा प्रचलित कानून बमोजिम बैङ्क जमानत जारी गर्न पाउने बैङ्क वा वित्तीय संस्थाले जारी गरेको बैङ्क जमानत दिनु पर्नेछ।

(७) ऐनको दफा १४ को उपदफा (४) बमोजिम एकभन्दा बढी भन्सार कार्यालयबाट नियमित रूपमा वस्तु पैठारी गर्ने पैठारीकर्ताको हकमा बैङ्क जमानत रकमले पुग्ने भएमा एकल बैङ्क जमानतमा समेत वस्तु जाँचपास गर्नु पर्नेछ र सोको अभिलेख सम्बन्धित भन्सार कार्यालयको प्रणालीमा रहने व्यवस्था गर्नु पर्नेछ ।