दफा २१
बैङ्क जमानतबाट महसुल असुल गरिने
(१): नियम १६ बमोजिम वस्तु पैठारी गर्ने व्यक्तिले नियम. १७ मा उल्लेख भएका शर्त पालना नगरेमा वा नियम १९ बमोजिम निवेदन नदिएमा त्यस्तो व्यक्तिले राखेको बैङ्क जमानतबाट लाग्ने महसुल असुल गरिनेछ।

(२) उपनियम (१) बमोजिम बैङ्क जमानतबाट महसुल असुल गर्दा पैठारी भएको वस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा ऐनको दफा १४ को उपदफा (३) बमोजिम पन्ध्र प्रतिशत थप गरी असुल गरिनेछ।

(३) नियम २० को उपनियम (२) बमोजिम आंशिक रूपमा मात्र वस्तु प्रयोग-भएकोमा प्रयोग नभए जति वस्तुमा पैठारी गरेको दिनमा लाग्ने भन्सार महसुलमा ऐनको दफा १४ को उपदफा (३) बमोजिम पन्ध्र प्रतिशत थप गरी पैठारीकर्ताले राखेको बैङ्क जमानतबाट असुल गरिनेछ ।