नियम ३१
बैठक कक्षबाट निष्काशन
(१) नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई अध्यक्षले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बा“की अवधिको बैठकमा उपस्थित हुन पाउने छैन । (२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा अध्यक्षले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ । (३) उपनियम (२) बमोजिम बैठकबाट निष्काशित सदस्यले त्यसपछिको तीन दिनसम्म सभाको बैठक वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निष्काशन गरिएको सूचना सचिवले सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।