नियम २०
बैठकमा पालन गर्नु पर्ने नियम
बैठकमा देहायका नियमहरू पालन गर्नु  पर्नेछ –: (क) अध्यक्ष बैठक कक्षमा प्रवेश हुँदा सबैले उठेर सम्मान प्रकट गर्नु पर्ने, (ख) अध्यक्षले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नु पर्ने, (ग) बैठक स्थगित भई अध्यक्ष बैठकबाट बाहिर निस्के पछि मात्र अरु सदस्यले बैठक कक्ष छाड्नु पर्ने, (घ) बैठकमा भाग लिने सदस्यले बोल्दा अध्यक्षलाई सम्बोधन गरेर बोल्नु पर्ने र अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक उभिएर बोल्नु पर्ने, (ङ) अध्यक्षले समय दिएपछि मात्र बोल्नु पर्ने, (च) अध्यक्षले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र अध्यक्षले बोलेको कुरा ध्यानपूर्वक सुन्नु पर्ने, (छ) अध्यक्षको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न र अध्यक्षको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने, (ज) कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भङ्ग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने, (झ) बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने, र (ञ) बैठक कक्षमा फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने ।