दफा ८
बोनस पाउनमा प्रतिबन्ध
दफा ६ मा जुकसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै काम कुरा गरे बापत सजाय पाएको वा सेवाबाट बर्खास्त गरिएको कर्मचारीले ……… यस ऐनबमोजिम बोनस पाउन सक्ने छैन :–
तर, त्यस्तो सजाय हुने कुनै काम कुरा गर्नु अघिको अवधिको निमित्त पाउने भएको बोनसको हकमा भने यस दफाले कुनै प्रतिकूल प्रभाव पारेको मानिनेछैन ।
(क) … … … प्रतिष्ठानको सम्पत्ति चोरेको वा त्यस्तो सम्पत्तिमा कुनै क्षति पुर्याएमा,
(ख) अवैध हडताल गरेमा वा त्यस्तो हडताल गर्न अरूलाई प्रोत्साहित गरेमा,
(ग) हूलदङ्गा गरेमा वा अनुशासन तोड्ने काम गरेमा ।