दफा १६
बोर्डको कर्मचारी तथा सल्लाहकार सम्बन्धी व्यवस्था

(१) बोर्डले आफनो कार्य सञ्चालनको निमित्त आवश्यक कर्मचारीहरु तथा सल्लाहकारको नियुक्ति गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीहरु तथा सल्लाहकारको पारिश्रमिक, सेवाका शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।