दफा
बोर्डको गठन
(१) स्वदेशी वा विदेशी श्रोतको परिचालन गरी पूर्वाधार संरचनाको निर्माण तथा सेवा क्षेत्रको विकास गरी लगानी प्रवर्द्धन गर्ने समेतको कार्य गर्नको लागि अधिकारसम्पन्न लगानी बोर्ड रहनेछ।
(२) उपदफा (१) बमोजिमको बोर्डको गठन देहाय बमोजिम हुनेछः-
(क)  प्रधानमन्त्री  -अध्यक्ष
(ख)  अर्थ मन्त्री  -उपाध्यक्ष
(ग) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री   -सदस्य
(घ) वन तथा वातावरण मन्त्री          -सदस्य
(ङ) उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री    -सदस्य
(च) परियोजनासँग सम्बन्धित मन्त्रालयका मन्त्री -सदस्य
(छ) राष्ट्रिय योजना आयोगको उपाध्यक्ष   -सदस्य
(ज) नेपाल राष्ट्र बैङ्कको गभर्नर          -सदस्य
(झ) नेपाल सरकारको मुख्य सचिव      -सदस्य
(ञ) उद्योग, पर्यटन, पूर्वाधार विकास, वाणिज्य कानून तथा वित्तीय क्षेत्रका विशेषज्ञहरूमध्ये बोर्डले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित तीनजना     -सदस्य
(ट)  कार्यालयको प्रमुख कार्यकारी अधिकृत -सदस्य-सचिव