दफा १३
बोर्डको गठन
(१) स्वास्थ्य बीमा सम्बन्धी काम कारबाही गर्न एक स्वास्थ्य बीमा बोर्ड रहनेछ ।
(२) बोर्डको गठन देहाय बमोजिम हुनेछ
(क) नेपाल सरकारद्वारा नियुक्त व्यक्ति –अध्यक्ष
(ख) मन्त्रालयले तोकेको सो मन्त्रालयको सहसचिव स्तरको अधिकृत, –सदस्य
(ग) सहसचिव, नेपाल सरकार, अर्थ मन्त्रालय –सदस्य
(घ) सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरू मध्येबाट मन्त्रालयले मनोनित गरेका कम्तीमा दुई जना महिला सहित तीन जना –सदस्य
(ङ) बीमितहरू मध्येबाट मन्त्रालयले मनोनीत गरेका एक जना महिला सहित दुई जना –सदस्य
(च) कार्यकारी निर्देशक –सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (क), (घ) र (ङ) बमोजिमको अध्यक्ष र सदस्यको पदावधि चार वर्षको हुनेछ र निज एकपटकको लागि पुन नियुक्त वा मनोनीत हुन सक्नेछ ।