दफा ३
बोर्डको गठन
लगानीको वातावरण सृजना गरी पूर्वाधार संरचना क्षेत्र तथा अन्य क्षेत्रमा सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी लगानी परिचालन गरी व्यवस्थापन गर्न देहायको लगानी बोर्ड गठन हुनेछ :–
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) प्रधानमन्त्रीले लगानी बोर्ड हेर्न तोकेको मन्त्री – उपाध्यक्ष
(ग) अर्थ मन्त्री – सदस्य
(घ) उद्योग मन्त्री – सदस्य
(ङ) वन मन्त्री – सदस्य
(च) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष – सदस्य
(छ) नेपाल राष्ट्र बैङ्कका गभर्नर – सदस्य
(ज) नेपाल सरकारका मुख्य सचिव – सदस्य
(झ) उद्योग, पर्यटन, पूर्वाधार विकास, वाणिज्य कानून तथा वित्तीय क्षेत्रका विशेषज्ञहरुमध्ये बोर्डले मनोनयन गरेको कम्तीमा एकजना महिला सहित चारजना – सदस्य
(ञ) कार्यालयको कार्यकारी प्रमुख – सदस्य–सव