नियम २६
बोर्डको बैठक सम्बन्धी कार्यविधि –
(१) बोर्डको बैठक बोर्डको अध्यक्षले तोकेको मिति,
समय र स्थानमा बस्नेछ ।
(२) बोर्डको सचिवले बोर्डको बैठक बस्ने सूचनाको साथमा बैठकमा छलफल गरिने विषयको सूची बोर्डको बैठक बस्नु भन्दा कम्तीमा सात दिन अगावै बोर्डका सदस्यहरुलाई दिनु पर्नेछ ।
(३) बोर्डको कुल सदस्य सङ्ख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डको बैठकमा उपस्थित सदस्यहरुले आपूmहरु मध्येबाट छानेको सदस्यले गर्नेछ ।
(५) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बोर्डको बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिन सक्नेछ ।
(६) बोर्डले सम्बन्धित क्षेत्रको कुनै विशेषज्ञलाई बोर्डको बैठकमा भागलिन आमन्त्रण गर्न सक्नेछ ।
(७) बोर्डको निर्णय बोर्डको सचिवले प्रमाणित गरी राख्नु पर्नेछ ।
(८) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।