नियम ४
बोर्डको बैठक सम्बन्धी कार्यविधि
: (१) बोर्डको बैठक आवश्यकता अनुसार बोर्डको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(२) बोर्डको सदस्य-सचिवले बोर्डको बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना बोर्डका सबै सदस्यहरुलाई बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै दिनु पर्नेछ।
(३) बोर्डमा कायम रहेको सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।
(४) बोर्डको बैठकको अध्यक्षता बोर्डको अध्यक्षले र निजको अनुपस्थितिमा बोर्डको उपाध्यक्षले गर्नेछ।
(५) बोर्डको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(६) बोर्डको बैठकको निर्णय बोर्डको अध्यक्ष र बोर्डको सदस्य-सचिवको हस्ताक्षरद्वारा प्रमाणित गरिनेछ ।