दफा ५
बोर्डको बैठक
५. बोर्डको बैठक
(१) बोर्डको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) अध्यक्षको निर्देशनमा सचिवले बोर्डको बैठक बोलाउनेछ ।
(३) बोर्डको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सदस्यहरूमध्ये आफूले छानेको सदस्यले बोर्डको बैठकको अध्यक्षता गर्नेछ ।
(४) कूल सदस्य संख्याको कम्तीमा पचास प्रतिशत सदस्य उपस्थित नभएमा बोर्डको बैठकको लागि गणपूरक संख्या पुगेको मानिने छैन ।
(५) बोर्डको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(६) बोर्डको बैठकमा विशेषज्ञ वा बोर्डले आवश्यक ठानेको व्यक्तिलाई आमन्त्रण गर्न सकिनेछ ।
(७) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।