नियम ६
बोर्डको -सदस्य-सचिवको काम, कर्तव्य र् अधिकार
: (१) बोर्डको सदस्य-सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) बोर्डमा पेश हुने प्रस्तावहरु तयार गर्ने,
(ख) बोर्डबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने,
(ग) बोर्डको अनुमानित वार्षिक आय, व्यय र कार्यक्रम तयार गरी पेश गर्ने,
(घ) बोर्डको कोष परिचालन, सम्पत्तिको व्यवस्था, संरक्षण र सञ्चालन सम्बन्धी आवश्यक कार्य गर्ने गराउने, (ङ) बोर्डको वार्षिक आर्थिक विवरण तयार गर्ने र लेखापरीक्षण गराउने,
(च) बोर्डले तोके बमोजिम अन्य कार्यहरु गर्ने, गराउने ।
(२) बोर्डको सदस्य-सचिवले आफूलाई प्राप्त अधिकारमध्ये आवश्यकता अनुसार केही अधिकार बोर्डका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ।