दफा ३६
बोर्डले कारबाही गर्न सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनको पालना नगर्ने अनुमतिपत्र प्राप्त संस्था, सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी कारबाही गर्न सक्नेछः–
(क) सचेत गराउने वा लिखित चेतावनी दिने,
(ख) सुधारात्मक कदम चाल्न निर्देशन दिने,
(ग) कारोबारमा आंशिक वा पूर्णरूपमा प्रतिबन्ध लगाउने,
(घ) बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने,
(ङ) निलम्बनमा राख्न आदेश दिने,
(च) सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई तलब, भत्ता लगायतका सुबिधाहरु उपलब्ध नगराउन आदेश दिने,
(छ) सञ्चालकलाई पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकाश दिन सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको सञ्चालक समितिलाई आदेश दिने ।