दफा ९
बोर्डसँग सम्झौता गर्नु पर्ने
(१) स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न चाहने सेवा प्रदायकले तोकिए बमोजिम बोर्डसँग सम्झौता गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गरिने सम्झौतामा उल्लेख गर्नु पर्ने विषय, सेवा प्रदायकले पालना गर्नु पर्ने शर्त तथा पूरा गर्नु पर्ने मापदण्ड सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिम सम्झौता भएपछि सेवा प्रदायकले सम्झौता बमोजिमको सेवा बीमितलाई उपलब्ध गराउनु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम गरिएको सम्झौताको अवधि पाँच वर्षको हुनेछ ।
(५) उपदफा (४) बमोजिमको अवधि समाप्त हुन भन्दा तीन महिना अगावै सेवा प्रदायकले सम्झौता नवीकरण गर्नु पर्नेछ ।
(६) प्रथम सेवा विन्दुको प्रयोजनको लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहने गरी बोर्डले सम्झौता गर्नु पर्नेछ। स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “प्रथम सेवा विन्दु” भन्नाले बिमितले सर्वप्रथम स्वास्थ्य सेवा लिनको लागि बोर्डले तोकेका सरकारी स्वास्थ्य संस्था सम्झनु पर्छ।