नियम ३१
बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्ने
(१) सार्वजनिक निकायले बीस लाख रुपैयाँ भन्दा बढी लागत अनुमान भएको निर्माण कार्य, मालसामान वा जुनसुकै सेवा खरिद गर्नु पर्दा खल्ला बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्नेछ ।
(२) ऐनको दफा १५ को अवस्थामा अन्तर्राष्ट्रियस्तरमा खुला बोलपत्र आह्वान गरी मालसामान, निर्माण कार्य वा अन्य सेवाको खरिद गर्नु पर्नेछ ।