दफा ४९
ब्याजको दाबी लिन सकिने
:साहूको दामासाहीमा परेको कम्पनीले ऋण लिँदाका बखत सम्पन्न करारबमोजिम ब्याज तिर्ने शर्तमा ऋण लिएको भए सो ब्याजसमेत दफा ४८ को उपदफा (१) बमोजिम गरेको दाबीमा समावेश गर्न सकिनेछ ।
तर अदालतले कम्पनी खारेज गर्ने वा कम्पनीको पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने आदेश गरेको मितिपछिको ब्याजको दाबी गर्न सकिने छैन ।