दफा २१
भत्ता नपाउने
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पदाधिकारी वा सदस्य सदनबाट
निलम्बित भएमा त्यस्तो निलम्बित अवधिभर र फौजदारी अभियोगमा अदालतको आदेश बमोजिम थुना, कैद वा धरौटीमा रहेमा त्यसरी थुना, कैद वा धरौटीमा रहेको अवधिभरको लागि निजले यस ऐन बमोजिम पाउने कुनै किसिमको भत्ता पाउने छैन ।
(२) कुनै पदाधिकारी दुईवटा पदमा मनोनीत वा निर्वाचित भएमा निजले कुनै एक पदको सुविधा मात्र पाउनेछ ।