नियम २२
भारीको तौल

(१) पर्वतारोही दलले स्थानीय कामदारलाई तीस के.जी. भन्दा बढी तौलको भारी बोकाउनु हुँदैन ।
(२) पर्वतारोही दलले उचाईमा जाने कामदारलाई देहायको उचाईमा देहायको भन्दा बढी तौलको भारी बोकाउनु हुँदैन :–
(क) ५,००० मिटर देखि ६,००० मिटरसम्मको उचाईमा २० के.जी.,
(ख) ६००१ मिटर देखि ७,००० मिटरसम्मको उचाईमा १७ के.जी.,
(ग) ७,००१ मिटर देखि ८,००० मिटरसम्मको उचाईमा १४ के.जी.,

(घ) ८,००० मिटरभन्दा माथिको उचाईमा १२ के.जी.।
(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति परेमा सम्पर्क अधिकृत, पर्वतारोही दलका नेता र भारी बोक्ने कामदारको आपसी मञ्जुरीमा सो उपनियमहरूमा उल्लेखित तौल भन्दा थप ५ के.जी. तौलसम्मको भारी बोकाउन सकिनेछ ।