दफा ५२
भिसा सम्बन्धी व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम अनुमतिप्राप्त परियोजनाको अध्ययन, अनुसन्धान वा सर्भेक्षण गर्न आउने विदेशी नागरिकलाई छ महिनासम्मको गैर पर्यटक भिसा दिईनेछ।
(२) परियोजनामा लगानी गर्ने विदेशी लगानीकर्ता वा एकजना अधिकृत प्रतिनिधि वा त्यस्तो लगानीकर्ता वा प्रतिनिधिका परिवारका सदस्य तथा प्रचलित कानून बमोजिम श्रम ईजाजत प्राप्त गरि त्यस्तो परियोजनामा काम गर्ने विदेशी कामदार तथा कर्मचारीलाई प्रचलित कानून अनुसार परियोजनामा विदेशी लगानी कायम रहेसम्म नेपालमा बस्न भिसा दिइनेछ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “परिवारका सदस्य” भन्नाले विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिको पति वा पत्नी,आमा, बाबु र आश्रित छोरा, छोरी सम्झनु पर्छ।
(३) उपदफा (२) बमोजिमका व्यक्तिलाई आवश्यकता तथा ‌औचित्य बिचार गरी सम्बन्धित निकायमा भिसाका लागि कार्यालयले सिफारिस उपलब्ध गराउनेछ।