नियम १३
भिसा सुविधा
(१) विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा निजको प्रतिनिधिको परिवारका सदस्यलाई विदेशी लगानीकर्ताले गरेको न्यूनतम कुल लगानी ऐनको दफा इ को उपदफा (३) बमोजिम तोकिएको हदसम्म कायम रहँदासम्म व्यावसायिक भिसा दिइनेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐन प्रारम्भ हुनुअघि विदेशी लगानी स्वीकृत भएको विदेशी लगानीकर्ताको हकमा त्यस्तो विदेशी लगानी स्वीकृत हुँदाका वखत तोकिएको न्यूनतम रकमलाई न्यूनतम कुल लगानी कायम गर्नु पर्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दश करोड रुपैयाँ वा सोभन्दा बढीको विदेशी लगानी स्वीकृत भएको विदेशी लगानीकर्ताले स्वीकृत लगानीको पच्चीस प्रतिशत रकम भित्र्याई सकेको अवस्थामा त्यस्तो विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधिमध्ये दुईजना र निजको परिवारका सदस्यलाई व्यावसायिक भिसा दिइनेछ ।
(४) एकै पटक दश लाख अमेरिकी डलरभन्दा बढी रकम वा सो बराबरको परिवर्त्य विदेशी मुद्रामा विदेशी लगानी गर्ने विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो व्यक्तिको परिवारका सदस्यलाई त्यस्तो लगानीको पचास प्रतिशत रकम बराबरको विदेशी लगानी कायम रहेसम्मको लागि आवासीय भिसा दिईनेछ।
(५) विदेशी लगानीकर्ता वा निजको आधिकारिक प्रतिनिधि र त्यस्तो लगानीकर्ता वा प्रतिनिधिको परिवारका सदस्यले ऐन बमोजिम भिसाको सुविधा प्राप्त गर्न विदेशी लगानी स्वीकृत गर्ने निकाय समक्ष देहाय बमोजिमका विवरण तथा कागजात संलग्न गरी अनुसूची- ६ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछः-
(क) विदेशी लगानी स्वीकृत भएको पत्रको प्रतिलिपि,
(ख) भिसा माग गर्ने व्यक्तिको राहदानीको प्रतिलिपि,
(ग) बिदेशी लगानीकर्ताको आधिकारिक प्रतिनिधि भए त्यस्तो प्रतिनिधि तोकिएको प्रमाणित हुने कागजात,
(घ) विदेशी लगानीकर्ताको परिवारको सदस्य भए सम्बन्धित मुलुकको अधिकार प्राप्त निकाय वा त्यस्तो मुलुकको नेपालस्थित दूतावास वा कूटनीतिक नियोगबाट नाता प्रमाणित भएको कागजात,
(ङ) गैरपर्यटक भिसाको हकमा प्रचलित कानून बमोजिमको कार्य सहमति र श्रम स्वीकृतिको प्रतिलिपि ।
(६) उपनियम (५) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले एकल बिन्दु सेवा केन्द्र मार्फत सम्बन्धित निकाय वा शाखामा बढीमा दुई दिनभित्र भिसाको सिफारिस गर्नु पर्नेछ।