नियम २६
भिसा स्थानान्तरण
नियम २५ बमोजिम कुनै विदेशीले यात्रा अनुमतिपत्र प्राप्त गरेको वा पुरानो राहदानी हराई वा म्याद समाप्त भई नयाँ राहदानी प्राप्त गरेको अवस्थामा कुटनैतिक वा औपचारिक भिसाका हकमा परराष्ट्र मन्त्रालय र अन्य भिसाका हकमा विभागले राहदानी वा यात्रा अनुमतिपत्रमा भिसा स्थानान्तरण गरी दिन सक्नेछ ।