दफा १४
भुक्तानी उपकरण थप गर्न वा खारेज गर्न निवेदन दिनु पर्ने
(१) संस्थाले यस ऐन बमोजिम प्राप्त गरेको अनुमतिपत्रमा उल्लेख नभएको कुनै भुक्तानी उपकरण थप गर्न वा कायम रहेको कुनै भुक्तानी उपकरण खारेज गर्न चाहेमा बैङ्क समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन देहायको आधारमा जाँचबुझ गर्दा कुनै भुक्तानी उपकरण थप गर्न वा कायम रहेको भुक्तानी उपकरण खारेज गर्न उपयुक्त देखिएमा बैङ्कले त्यस्तो भुक्तानी उपकरण थप गर्न वा खारेज गर्न सम्बन्धित संस्थालार्इ अनुमति दिन सक्नेछः…
(क)    राष्ट्रिय अर्थतन्त्रको अवस्था,
(ख)     भुक्तानी सेवाको प्रभावकारिता, पारदर्शिता र विश्वसनीयता,
(ग)     भुक्तानी सम्बन्धी कारोबारको गोपनीयता,
(घ)     भुक्तानी सम्बन्धी उपकरणमा अन्तरनिहित जोखिम,
(ङ)     छिटो, छरितो र सुलभ सेवाको प्रत्याभूति,
(च)     तरलता व्यवस्थापन,
(छ)     अन्तर्राष्ट्रिय प्रचलन तथा असल अभ्यास,
(ज)     ग्राहकको हित संरक्षण,
(झ)     समग्र जोखिम व्यवस्थापन विधि, र
(ञ)     बैङ्कले उपयुक्त देखेका अन्य विषयहरु।