नियम १९
भूउपयोग परिषद्को सचिवालय
सङ्घीय भूउपयोग परिषद्को सचिवालय मन्त्रालयमा, प्रदेश भूउपयोग परिषद्को सचिवालय प्रदेश सरकारको भूमि व्यवस्था सम्बन्धी विषय हेर्ने मन्त्रालयमा र स्थानीय भूउपयोग/ परिषद्को सचिवालय सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको कार्यालयमा रहनेछ।