दफा ४१
भू–बहाल तथा अन्य दस्तुर
: (१) ठेकेदारले पहिलो वर्षको वा त्यस वर्ष कुनै खण्डको लागि लागू मितिबाट तीस (३०) दिनभित्र र त्यसपछिको प्रत्येक वर्षको लागि वर्ष शुरु भएको तीस (३०) दिनभित्र देहायबमोजिमको दरमा नेपाल सरकारलाई वार्षिक भूबहाल बुझाउनेछ ।
दर बार्षिक भू–बहाल (डलरमा)
(क) प्राथमिक अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्र बाहेक अन्य क्षेत्रको प्रतिवर्ग किलोमिटर – १०
(ख) पहिलो थप अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्रबाहेक अन्य क्षेत्रको प्रति वर्ग किलोमिटर – २०
(ग) अरू थप अन्वेषण अवधिमा उत्पादन क्षेत्रमा परेको क्षेत्र बाहेक अन्य क्षेत्रको प्रति वर्ग किलोमिटर – ४०
(घ) उत्पादन क्षेत्रको प्रति वर्ग किलोमिटर – ५००
(२) ठेकेदारले नेपाल सरकारलाई लागू मितिमा प्रचलित नियममा उल्लेख भएबमोजिमको अन्य दस्तुर बुझाउनेछ ।