नियम ३०
भेटघाटको सुविधा
: (१) ऐनको दफा ८ बमोजिम बालकलाई बाबु, आमासंग भेटघाट गर्न दिने पटक वा साथ बस्न दिने अवधिको सम्बन्धमा बाबु र आमाको बीच मतैक्य हुन नसकेमा वा बाबु वा आमासंग भेटघाट गर्न वा बस्न दिंदा बालकको हितको प्रतिकूल हुने भई त्यस्तो भेटघाट वा साथ बस्नबाट रोक लगाउन चाहने बाबु वा आमाले त्यसको कारण खोली बाल अदालत वा सो अदालत गठन नभएसम्म सम्बन्धित जिल्ला अदालतमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै निवेदन परेमा अदालतले सो सम्बन्धमा जाँचबुझ गरी बालकलाई बाबु आमासंग भेटघाट गर्न दिनु पर्ने पटक वा साथ बस्न दिन पर्ने अवधि तोकिदिन वा बाबु वा आमासंग भेटघाट गर्न वा साथ बस्न दिन नपर्ने वा त्यसको विकल्प स्वरुप अन्य कुनै मनासिव आदेश दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम अदालतबाट भएको आदेश सम्बन्धित बाबु वा आमाले अनिवार्य रुपले पालन गर्नु पर्नेछ ।