नियम ३८
भेदभाव गर्न नहुने
(१) ऐनको दफा १३ को उपदफा (२) को खण्ड (ज) “र दफा १४ को उपदफा (८) को अवस्थामा बाहेक सार्वजनिक निकायले खरिद कारबाहीमा बोलपत्रदातालाई निजको राष्ट्रियताको आधारमा भेदभाव गर्नु हुँदैन ।
५ । (२) बोलपत्र सम्बन्धी कागजात बमोजिम आवश्यक पर्ने कुनै लिखत बोलपत्रदाताले प्राप्त गर्न नसकेको अवस्थामा निजले पेश गरेको त्यस्तो लिखत सरहको अन्य लिखतलाई सम्बन्धित सार्वजनिक निकायले मान्यता दिनु पर्नेछ ।