दफा १२
भैपरी आउने खर्च
(१) महान्यायाधिवक्तालाई आफ्नो मातहत कार्यालयको निरीक्षण भ्रमणमा जाँदा खर्चको फाँटवारी बुझाउनु नपर्ने गरी वर्षको बढीमा दुई पटक एक हजार रुपैयाँका दरले भैपरी आउने खर्च दिइनेछ ।
(२) महान्यायाधिवक्तालाई कुनै समारोह, उत्सव, अन्तर्राष्ट्रिय सम्मेलन, सेमिनार आदिमा भाग लिन नेपाल बाहिर जाँदा नेपाल सरकारले निर्णय गरे बमोजिम भैपरी आउने खर्च दिइनेछ ।