दफा १०
भ्रष्टाचार भएको आरोपको सम्बन्धमा जाँचबुझ सम्बन्धी विशेष व्यवस्था
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै संवैधानिक पदाधिकारी उपर भ्रष्टाचारको आरोपमा जाँचबुझ गर्न दफा ४ बमोजिम समिति गठन भएकोमा
त्यस्तो आरोपको छानबिन तथा अनुसन्धान जाँचबुझ समिति आफैले गर्न वा त्यस्तो छानबिन तथा अनुसन्धान गर्न जाँचबुझ समितिले कुनै उपयुक्त व्यक्ति वा निकायको सहयोग लिन सक्नेछ । त्यस्तो सहयोग दिनु सम्बन्धित व्यक्ति वा निकायको कर्तव्य हुनेछ ।
(२) उपदफा (१) बमोजिमको व्यक्ति वा निकायले भ्रष्टाचार सम्बन्धी प्रचलित कानुन बमोजिम छानबिन तथा अनुसन्धान गरी जाँचबुझ समिति समक्ष आफनोे राय ठहर सहितको प्रतिवेदन पेश गर्नु पर्नेछ ।
(३) जाँचबुझ समितिले उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन समेतलाई आधार लिई आफनोे निर्णय गर्नेछ ।