दफा ५८
मत बराबर भएमा गोला हाली निर्णय गर्ने
: यस ऐन बमोजिम मतगणनाको काम पूरा भइसकेपछि दुई वा दुईभन्दा बढी उम्मेदवारले प्राप्त गरेको मत बराबर भई निर्वाचित उम्मेदवार छुट्याउन नसकिने भएमा निर्वाचन अधिकृतले बराबर मत प्राप्त गर्ने उम्मेदवारबीच गोला हाली निर्णय गर्नु पर्नेछ । त्यसरी गोलाद्वारा छानिएको उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिनेछ ।