दफा ५०
मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान भएमा
(१) मतगणना पूरा हुनुभन्दा पहिले कुनै
मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका वा मतदानको लागि राखिएको विधुतीय उपकरण निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी तवरले अन्यत्र लगिएमा, खोलिएमा, नोक्सान गरिएमा वा तोडफोड गरिएमा, हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी सो कुराको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठहर्याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।
(३) आयोगले उपदफा (१) बमोजिमको प्रतिवेदन वा उपदफा (२) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतपत्र वा मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी रुपमा अन्यत्र लगिएको, खोलिएको, नोक्सान गरिएको, तोडफोड गरिएको, हराएको वा दुर्घटनावश नोक्सान भएको र सोको कारण मतगणना सुचारु गर्न नसकिने ठहर्याएमा त्यस्तो कार्यबाट असर परेका मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी मतदान रद्द गर्नेछ ।
(४) आयोगबाट उपदफा (३) बमोजिम मतदान रद्द गरिएको मतदान केन्द्रमा निर्वाचन अधिकृतले पुन मतदान हुने स्थान, मिति र समय तोकी सोको सूचना मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।