दफा ५१
मतगणना लगातार गर्ने
: (१) निर्वाचन अधिकृतले मतगणना प्रारम्भ गरेपछि मतगणना समाप्त नभएसम्म सो मतगणनाको काम लगातार गर्नु पर्नेछ ।
(२) काबूबाहिरको परिस्थिति परी मतगणनाको काम बीचैमा रोक्नु परेमा निर्वाचन अधिकृतले गणना गरिसकेका मतपत्र, मतगणना अभिलेख, मतगणना गर्न बाँकी रहेका मतपत्र र मतगणना गर्न बाँकी मतपेटिकाको लगत समेत अलग–अलग खाम, थैलो वा बोरामा बन्द गरी आफ्नो लाहाछाप लगाउनु पर्नेछ । उम्मेदवार, मतगणना प्रतिनिधि वा निर्वाचन प्रतिनिधिले समेत त्यस्तो खाम, थैलो वा बोरामा आफ्नो लाहाछाप लगाउन सक्नेछ ।
(३) निर्वाचन अधिकृतले उपदफा (२) बमोजिम रोकिएको मतगणनाको काम यथाशक्य पुन प्रारम्भ गर्नु पर्नेछ । यसरी मतगणना पुन प्रारम्भ हुने सूचना सो स्थानमा उपस्थित उम्मेदवार, निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई दिनु पर्नेछ र मतगणना गर्ने स्थानमा समेत प्रकाशन गर्नु पर्नेछ ।
तर कुनै उम्मेदवार वा निजको प्रतिनिधि उपस्थित हुन नआएको कारणले मतगणना गर्ने काममा बाधा पुगेको मानिने छैन ।