दफा ४९
मतगणना
: (१) निर्वाचन अधिकृतले दफा ४८ बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा तोकिए बमोजिम मतगणना प्रारम्भ गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन्।
(३) मतगणना गर्दा प्रदेश सभाका सदस्यले दिएको मत र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखले दिएको मत छुट्टाछुट्टै गणना गर्नु  पर्नेछ ।