दफा १९
मतदाता नामावली पेश गर्ने
यस परिच्छेद बमोजिम प्रक्रिया पूरा गरिसकेपछि नाम दर्ता अधिकारीले सम्बन्धित गाउँपालिका वा नगरपालिकाको वडाबाट प्राप्त फाराम तथा निवेदनका आधारमा मतदाता नामावली सम्बन्धी विवरण जिल्ला निर्वाचन कार्यालयको अभिलेखमा अद्यावधिक गरी त्यस्तो मतदाता नामावली आयोगमा पठाउनु पर्नेछ ।