नियम
मतदाता नामावलीमा छुट नाम समावेश गर्न दरखास्त दिने
(१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम छुट भएमा सम्बन्धित व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि सो नामावली प्रकाशन गर्दा तोकिएको समयावधि भित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा दरखास्त दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतदाता नामावलीमा नाम समावेश गराउन दरखास्त दिने व्यक्तिले आपूm प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष, गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भई बहाल रहेको प्रमाण समेत पेश गर्नु पर्नेछ । (३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा निर्वाचन अधिकृतले निजको नाम मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।