नियम
मतदाताको विरोधमा उजूरी दिने
(१) नियम ५ बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको मतदाताको विरोध गरी अर्को कुनै मतदाताले उजूर गर्न चाहेमा सोही बमोजिम नामावली प्रकाशन गर्दा तोकिएको मिति, समय र स्थानमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजूरी दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम उजूरी दिने समय समाप्त भएपछि निर्वाचन अधिकृतले त्यसरी दर्ता भएका उजूरीको सूची तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन गर्दा जसको विरुद्ध उजूरी परेको हो सो व्यक्तिले सो नियम बमोजिमको सूचनामा तोकिएको अवधिभित्र उजूरी खण्डन गर्ने आवश्यक सबुद वा सफाई प्रस्तुत गर्नु पर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ ।