दफा १०
मतदान अधिकृतको नियुक्ति
: (१) निर्वाचन अधिकृतले नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतदान अधिकृतमा नियुक्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त मतदान अधिकृतले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा जारी भएको आदेशले तोके बमोजिमको मतदान गराउने सम्बन्धी सम्पूर्ण काम स्वच्छ, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु पर्नेछ ।
(३) मतदान अधिकृतको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ।