नियम २४
मतदान केन्द्र तोक्ने
(१) आयोगले अध्यादेशको दफा ३१ को उपदफा (१) बमोजिम मतदान केन्द्र तोक्दा निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्लाको सदरमुकाममा सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट उपयुक्त स्थानमा मतदान केन्द्र रहने गरी तोक्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम मतदान केन्द्र तोकिएको सूचना निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ । (३) मतदान केन्द्र तोक्दा अपनाउनु पर्ने अन्य आधारहरू आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।