नियम १६
मतदान केन्द्र तोक्ने

(१) आयोगले ऐनको दफा २९ को उपदफा (१) बमोजिम मतदान केन्द्र तोक्दा मतदाताको सङ्ख्या तथा सुरक्षा अवस्थालाई समेत ध्यान दिई सकभर मतदातालाई पायक पर्ने गरी सार्वजनिक स्थानमा तोक्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मतदान केन्द्र तोक्दा एउटा वडामा कम्तीमा एउटा मतदान केन्द्र पर्ने गरी तोक्नु पर्नेछ ।
(३) निर्वाचन अधिकृतले उपनियम (१) बमोजिमको मतदान केन्द्रको सूची अनुसूची–१२ बमोजिम आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम मतदान केन्द्रको सूची प्रकाशन गर्दा कुन कुन गाउँ वा टोलका मतदाताहरुले कुन मतदान केन्द्रमा मतदान गर्न पाउने हो सो कुरा समेत स्पष्ट उल्लेख गर्नु पर्नेछ ।
(५) सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनु पर्ने अन्य आधारहरु आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।