दफा ३४
मतदान केन्द्र
(१) आयोगले निर्वाचनका लागि आवश्यक सङ्ख्यामा मतदान केन्द्र तथा उपकेन्द्र तोक्नेछ ।
(२) निर्वाचन अधिकृतले उपदफा (१) बमोजिमको मतदान केन्द्र वा उपकेन्द्र थपघट गर्न आवश्यक ठानेमा त्यसरी थपघट गर्नु पर्ने आवश्यकता र औचित्य सहित आयोगमा लेखी पठाउन सक्नेछ र आयोगले त्यस्तो व्यहोरा मनासिब ठानेमा मतदान केन्द्र वा उपकेन्द्र थपघट गर्न सक्नेछ ।
(३) निर्वाचन अधिकृतले आवश्यक भएमा आयोगको पूर्व स्वीकृति लिई सुविधाजनक वा व्यवहारिक दृष्टिबाट मतदाताको पहुँच हुने ठाउँमा मतदान केन्द्र वा उपकेन्द्र सार्न सक्नेछ ।
(४) उपदफा (१), (२) र (३) बमोजिम मतदान केन्द्र तथा उपकेन्द्र तोकिएको, थपघट गरिएको वा सारिएको सूचना आयोगले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(५) एउटा मतदानस्थलको क्षेत्रभित्र आवश्यकता अनुसार एक वा एकभन्दा बढी मतदान केन्द्र, उपकेन्द्र वा मतदान कक्षहरु रहन सक्नेछन्।
(६) मतदान केन्द्र, उपकेन्द्र वा मतदान कक्ष तोक्ने आधार, प्रक्रिया र अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।