दफा ३४
मतदान
(१) मतदाताले आफूलाई तोकिएको मतदान केन्द्रमा मतदान गर्नु पर्नेछ ।
(२) मतदाताले मतदान गर्न तोकिए बमोजिम मतपत्र लिई सोको लागि राखिएको मतपेटिकामा मतदान गर्नु पर्नेछ ।
(३) मतदाताले आफ्नो नामबाट बाहेक अन्य कुनै व्यक्तिको नामबाट मतदान गर्न पाउने छैन ।
(४) कुनै पनि मतदाताले एउटै निर्वाचनमा एकभन्दा बढी पटक वा एकभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न पाउने छैन ।
(५) कुनै पनि मतदाताले मतदानको अवधिभर आफूले कसलाई मतदान गरेको हो भन्ने व्यहोरा कुनै पनि माध्यमबाट कसैलाई पनि प्रकट गर्नु हुँदैन ।